पेशेबर यौन धन्दा चलाउने प्रहरी फन्दामा
धरान, असार २१ - करिव ५ वर्षदेखि पेशेवर यौन धन्दा चलाउँदै आइरहेकी एक होटलकी सञ्चालिका समातिएकी छिन्। भानुचौक भन्दा ५० मिटर मुनी धरान–७ मा न्यु चुम्लुङ होटल एण्ड लज चलाउँदै आएकी
पेशेबर दिलकुमारी सुब्बा (दिलु) प्रहरी फन्दामा परेकी हुन्। सुब्बाले एक युवतिलाई यौन व्यवसायमा संलग्न गराएको अभियोगमा गएको असार १७ गते राति प्रहरीले रंगेहात पक्राउ गरेपछि उनको यौन चर्तिकला खुलासा भएको हो। प्रहरीले यौन धन्दा चलाउने खवर प्राप्त गरेपछि छड्के चेक गर्दा एक युवतिलाई निर्वस्त्र फेला पारेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी संजयसिंह थापाले बताए। तर, उनीसँग रहेका युवक भने तत्कालै भाग्न सफल भएको बताए। सुब्बाको होटलमा झण्डै तीनचार जना युवतिहरु त्यस्तो कार्यमा संलग्न गराउने गरेको खवर आएपछि छड्के जाँदा फेला पारिएको डिएसपी थापाले बताए। सोही युवतिको बयानको आधारमा नै सञ्चालिकालाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको प्रहरीले शुक्रबार जानकारी दिएको छ।सञ्चालिकासहित तीन युवतिलाई पनि प्रक्राउ गरिएको थियो भने उनीहरुलाई भोलिपल्टै छाडेको थियो।
सञ्चालिकाले युवतिहरुलाई ल्याएर यौन व्यवसायमा लगाउने गरेको अधिकांशले बताउँदै आइरहेको छन्। एक स्रोतका अनुसार लजमा दिउँसै त्यस्तो कार्य गराउने गरेकी थिइन्। पेशेबर यौन व्यवसायी ती सञ्चालिकालाई गत माघमा पनि पक्राउ गरिएको प्रहरीले बताएको छ। तर, त्यसबेला होटल एसोसिएसन अफ धरानको रहोबरमा चेतावनी दिई छाडिएको डिएसपी थापा बताउँछन्।
उनलाई जिउ मास्ने बेच्ने अन्तर्गत मुद्दा चलाइएको छ भने उनले गरेको प्रमाणित भएमा १० देखि १२ वर्ष भन्दा बढी जेल सजाय हुने प्रहरीले बताएको छ। होटल सञ्चालिका दिलकुमारीले खुल्ला रुपमा अवैद्य धन्दा चलाइरहेको एक स्रोतले समेत बताएको छ। उनले होटलमा खान आउनेहरु ग्राहकहरुलाई पनि सिधै तानेर गेष्ट रुममा लाने र त्यस्तो कार्यसमेत गराउने गरेको त्यो स्रोत बताउँछ।तर पनि उनको होटल भने हाल पनि सञ्चालनमै रहेको छ। प्रहरीले शिल गरेकेा अवस्था छैन।
0 comments
Write Down Your Responses