विराटनगर विमानस्थलमा अब अत्याधुनिक प्रविधि जडान

विराटनगर, आषाढ २१ । विराटनगर विमानस्थलमा रहेको हावा गति, बर्षा तथा तापक्रमको जानकारी दिने अत्याधुनिक स्वचालित प्रविधि जडान गरी संचालन गरिएको मौसम बिभागले जनाएको छ । नेपाल सरकार वातावरण मन्त्रालय तथा जल तथा मौसम विभागको कुल १५ लाखं रुपैयाको लागतमा स्वचालित संयन्त्र
मुलुकमै पहिलो चोटी संञ्चालनमा ल्याइको हो ।
विराटनगर विमानस्थलमा जडान गरिएको उच्चस्तरीय प्रविधि सहितको सहायताले यहांको हावाको गति,बर्षा तथा मौसमको अवस्थावारे काठमाडौवाटै जानकारी लिन सकिने भएको छ ।
0 comments
Write Down Your Responses