घुस नलिने प्रहरीहरु पुरस्कृत

इलाका प्रहरी कार्यालय धरानका डिएसपी सञ्जयसिंह थापाले काठ तस्करको प्रलोभनमा नपरी उत्कृष्ट काम गर्ने रिजालसहित असई गणेश श्रेष्ठ, हवल्दारहरु गणेश लुईटेल, जीतबहादुर गिरी र जवान धर्मेन्द्र सिंहलाई पुरस्कृत गरिएको बताए ।
उनिहरुले गत सोमबार विहानको साढे २ बजे सर्दुखोलामा चारकोशे जंगलबाट चोरी तस्करी गरेर ल्याउँदै गरेको काठ, ट्याक्टर र तस्करलाई पक्राउ गरेका थिए । पक्राउ परेकाहरुको बयानका आधारमा धरान ८को उत्तम फर्निचरमा छापा मार्दा त्यहाँबाटपनि काठ पक्राउ गरिएको थियो । सोहि क्रममा टोलिका कमाण्डर इन्स्पेक्टर रिजाललाई उनिहरुले ३ लाख घुस दिने प्रलोभन देखाएका थिए
0 comments
Write Down Your Responses