भारतीयद्वारा नेपालीको हत्या प्रयास

बिनोद सापकोटा झापा, साउन ९(सेतोापटी) 
होटल संचालन गर्न दिएको करिब ८ लाख रुपैयाँ पटक पटक माग्दा पनि नदिएको भन्दै दुई भारतीय साहुले
एक नेपाली आसामीको खुकुरी प्रहार गरि हत्या प्रयास गरेका छन।
 शुक्रबार बिहान झापाको मेचीनगर नगरपालीका १० मा सञ्चालीत दिप होटलका सञ्चालक गोपाल सुवेदी शर्माको खुकुरी प्रहार गरी हत्या प्रयास भएको ईलाका प्रहरी कार्यलय काकडभिट्टाले जनाएको छ। ईलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रहरी नायब उपरीक्षक बसन्त रजौरेेले भारत दार्जीलिङको प्रधाननगर बस्ने २८ वर्षीय विजय शर्मा र सोही स्थानका लक्ष्मी शर्माले सुवेदी लाई धारीलो हतियार (खुकुरी) प्रहार गरेको बताएका छन।प्रहरीले घटना भए लगत्तै भाग्दै गरेका उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
 पक्राउ परेका दुवै जनाले सुवेदीको हत्या गर्ने उद्धेश्यले खुकुरी प्रहार गरेको प्रहरी समक्ष बयान दिएका छन्। पक्राउ परेकाको भनाई उदृत गर्दे प्रनाउ रजौरेले भने, 'होटल सञ्चालन गर्न भनि ८ लाख भारतीय रुपैयाँ दिएको र पटक पटक माग्दा पनि छलकपट गरेकाले हत्या गर्ने मनसायले उनीमाथि खुकुरी प्रहार भएको हो।”
 खुकुरी प्रहार गर्ने नेपाली मुलका ती भारतीय अघिल्लै दिन खुकुरीसहित आएका थिए। रजौरेले भनें, “शुक्रबार बिहान दार्जेलिङ हिड्ने बेलामा एक्कासी सुवेदीमाथि अन्धाधुन्ध खुकुरी प्रहार भएको घटनाको प्रारम्भीक अनुसन्धानले देखाएको छ।” प्रहरीका अनुसार घाईते सुवेदी र आक्रमणकारीबिच पारिवारीक सम्बन्ध पनि रहेको खुलेको छ।
 यता खुकुरी प्रहारबाट गम्भीर घाईते भएका सुवेदीको भारतको सिलीगुडीमा चिन्ताजनक अवस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ। उनको दाहीने हातको चारवटा औला पूर्णरुपमा छिनेको छ भने टाउँको र शरीरका अन्य भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.