‘मोदी नेपालको संसदलाई सम्बोधन गर्न उत्सुक’

काठमाडौं, श्रावण १० । नेपालको ३ दिने भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग भेटवार्ता गरेकी छन् । संसद सचिवालयमा भएको भेटमा विदेशमन्त्री स्वराजले शान्त र पूर्ण विकसित नेपाल भारतको चाहना भएको बताइन् ।
भेटबारे जानकारी दिँदै अध्यक्ष नेम्वाङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको संसदलाई सम्बोधन गर्न उत्सुक रहेको जानकारी स्वराजले गराएको बताए ।
सो अवसरमा अध्यक्ष नेम्वाङले समयमै संविधान बन्नेमा आश्वस्त गराउँदै आफूहरु मोदीको सम्बोधनको प्रतीक्षामा रहेको समेत बताए ।
यसअघि आजै विदेशीमन्त्री स्वराजले आफू बसेको होटलमा मधेसी दलका नेताहरुलाई भेट गरेकी थिइन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.