मिथिला शर्मा र मोतीलाल बोहोराबीच टीकाटालो

५० वर्षीया शर्मा र ७४ वर्षका बोहोरा केही समयअघि विवाह गर्न सहमत भएका हुन् । यद्यपि विवाहको औपचारिक मिति भने अझै तय भएको छैन । निकटवर्तीहरुका अनुसार शर्मा र बोहोराले ‘कोर्ट म्यारिज’ गर्ने तयारी गरेका छन् ।पूर्वप्रहरी महानिरीक्षक बोहोराकी पत्नीको एक वर्षअघि निधन भएको थियो । अभिनेत्री शर्मा भने अहिलेसम्म अविवाहित छन् । शर्माले लामो समयसम्म नृत्यांगना र निर्देशक भएर नेपाल पुलिस क्लबमा काम गरेकी थिइन् ।
0 comments
Write Down Your Responses