इराकमा फसेका नेपालीको उद्धारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने

काठमाडौं, आषाढ २० । सरकारले इराकमा फसेका नेपालीहरुको उद्धारका लागि लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैंठकले सबै खर्च ब्यहोरी छिटो इराकमा फसेका नेपालीको उद्धार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले
जानकारी दिए ।
उद्धारको लागि सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुन मैनालीको नेतृत्वमा टोली इराक पठाइसकेको छ । सरकारले इराकमा रोजगारीका लागि जान अनुमति नदिए पनि कयौं नेपाली भारत र अन्य मुलुक हुँदै रोजगारीका लागि इराक पुगेका थिए ।
यस्तै, बैठकले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पारित गर्दै छलफलका लागि संसदमा पेश गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले लोककल्याणकारी विज्ञापनमा देखिएका बेरुजु मिनाहा गर्ने निर्णप पनि गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.