कुबेतमा नेपाली महिलाबाटै ठगिइन् नन्दकला

नबराज पन्थी
कुवेतसीटी । कुवेतमा नेपाली महिलाबाटै एक चेली ठगिएकी छिन् ।  कुवेतको फाहहिलस्थित महिला घरेलु कामदारको म्यानपावर अफिस फाहदा अल खलिदी अफिस नम्बर १२८ मा कार्यरत कल्पना बोहोराबाट
नेपाली चेली नन्दकला कामी ठगिएकी हुन् ।
 नयाँ भिसा लागाइदिने आश्वासनमा नन्दकला कामीबाट  बोहोराले ६५० कुवेती दिनार अर्थात वर्तमान बिनिमयदर अनुसार करिब २ लाख २१ हजार नेपाली रुपैयाँ असुलेर  सम्पर्क बिहिन भएपछि घटना सार्बजनिक भएको हो।
कल्पनाले नयाँ भिसा पनि नलगाई दिएको पैसा र पासपोर्ट समेत फिर्ता नदिई गायव भएपछि पीडित नन्दकला कामीले एनआरएनए कुबेतको सहयोगमा आफूलाई ठग्ने कल्पना बोहोरालाई कारबाहीको माग गर्दै नेपाली दूताबास कुबेतमा निबेदन दिएको एनआरएनए कुबेतका अध्यक्ष धर्मराज गिरीले जानकारी दिए ।
अध्यक्ष गिरीले भने,’ठग भनिएकी कल्पना बोहोरालाई मैले मेरो परिचयसहित तपाईंले पैसा दिन सक्नु भएन भने ठिकै छ । तर नन्दकलाको पासपोर्ट फिर्ता दिनुहोस् । यी बहिनी तपाईंकै कारण इलिगल हुन लागेकी छन् । यदी दिनु भएन भने तपाईं स्वयंलाई राम्रो हुने छैन भनि म्यासेज गर्दा समेत कुनै प्रतिक्रिया आएन ।’
कल्पनाले प्रयोग गर्दै आएको दुर्इवटै नम्बरका  मोबाइल कहिले बन्द हुन्छ भने खुलेको समयमा फोन नै उठ्दैन उनले भने,’त्यसैले निज कल्पना बोहोरालाई कारबाहीका लागि सम्बन्धित निकायमार्फत पहल गरिरहेका छौँ ।’
नन्दकला कामीले नेपाली दूताबास कुबेतलाई लेखेको निवेदन :
नबराज पन्थी
कुवेतसीटी । कुवेतमा नेपाली महिलाबाटै एक चेली ठगिएकी छिन् ।  कुवेतको फाहहिलस्थित महिला घरेलु कामदारको म्यानपावर अफिस फाहदा अल खलिदी अफिस नम्बर १२८ मा कार्यरत कल्पना बोहोराबाट नेपाली चेली नन्दकला कामी ठगिएकी हुन् ।
 नयाँ भिसा लागाइदिने आश्वासनमा नन्दकला कामीबाट  बोहोराले ६५० कुवेती दिनार अर्थात वर्तमान बिनिमयदर अनुसार करिब २ लाख २१ हजार नेपाली रुपैयाँ असुलेर  सम्पर्क बिहिन भएपछि घटना सार्बजनिक भएको हो।
कल्पनाले नयाँ भिसा पनि नलगाई दिएको पैसा र पासपोर्ट समेत फिर्ता नदिई गायव भएपछि पीडित नन्दकला कामीले एनआरएनए कुबेतको सहयोगमा आफूलाई ठग्ने कल्पना बोहोरालाई कारबाहीको माग गर्दै नेपाली दूताबास कुबेतमा निबेदन दिएको एनआरएनए कुबेतका अध्यक्ष धर्मराज गिरीले जानकारी दिए ।
अध्यक्ष गिरीले भने,’ठग भनिएकी कल्पना बोहोरालाई मैले मेरो परिचयसहित तपाईंले पैसा दिन सक्नु भएन भने ठिकै छ । तर नन्दकलाको पासपोर्ट फिर्ता दिनुहोस् । यी बहिनी तपाईंकै कारण इलिगल हुन लागेकी छन् । यदी दिनु भएन भने तपाईं स्वयंलाई राम्रो हुने छैन भनि म्यासेज गर्दा समेत कुनै प्रतिक्रिया आएन ।’
कल्पनाले प्रयोग गर्दै आएको दुर्इवटै नम्बरका  मोबाइल कहिले बन्द हुन्छ भने खुलेको समयमा फोन नै उठ्दैन उनले भने,’त्यसैले निज कल्पना बोहोरालाई कारबाहीका लागि सम्बन्धित निकायमार्फत पहल गरिरहेका छौँ ।’
नन्दकला कामीले नेपाली दूताबास कुबेतलाई लेखेको निवेदन :

0 comments

Write Down Your Responses

Powered by Blogger.