भुटानी शरणार्थी स्वदेश फर्किने अभियानमा

राष्ट्र सङ्घीय शरणार्थीसम्बन्धी उच्चायोग (युएनएचसिआर)ले असार मसान्तसम्ममा पुर्नबासमा जाने शरणार्थीको सूची तयार पारेपछि स्वदेश फर्किन चाहने उनीहरु सङ्गठित हुन थालेका हुन् ।
भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिमार्फत घर फिर्ती चाहने शरणार्थी एकताबद्ध हुन थालेका छन् ।
यूएनएचसिआरले आफ्ना मागको सुनुवाइ नगरेको भन्दै उनीहरुले अन्तर्राष्ट्रिय समुदायसँग घर फर्किन पाउने अधिकार रक्षाको माग गरेका छन् ।
भुटान मानव अधिकारवादी संस्था ९ह्युरोब०का अध्यक्ष एसवी सुब्बाका अनुसार पुर्नबासमा लगिएका देशलाई नै अनुरोध गरेर बाँकी रहेका नागरिकलाई भुटान फर्काउन दबाबमूलक कार्यक्रम सञ्चालन गरिने छ । करिब आठ हजार शरणार्थीले स्वदेश फिर्तीको अडान लिएका उच्चायोगको एक तथ्याङ्कमा उल्लेख छ ।
0 comments
Write Down Your Responses