स्कुटीको ठक्करबाट घाइते महिलाको मृत्यु

करिब डेढ महिनाअघि स्कुटी मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सप्तरीको हरिपुर–२ निवासी ४५ वर्षीया सकुन्तलादेवी चौधरीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कड्रबोनाका प्रहरी निरीक्षक योगेन्द्र चौरसियाले जानकारी दिनुभयो ।
लहानबाट पूर्वतर्फ आउँदै गरेको बा.२५प नम्बरको मोटरसाइकलले गत जेठ २९ गते बाटो काट्दै गरेकी चौधरीलाई ठक्कर दिएका थिए । ठक्करबाट गम्भीर घाइते भएकी उहाँलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।
0 comments
Write Down Your Responses