Crime
»
१० किलो सुनसहित युवक पक्राउ रामआषिश यादव
१० किलो सुनसहित युवक पक्राउ रामआषिश यादव

जनकपुर, श्रावण ९ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहाबाट प्रहरीले एक जनालाई १० किलो सुनसहित पक्राउ गरेको छ । आज दिउँसो काठमाडौंबाट धरान जाँदै गरेको बसमा सवार बझाङ
मेलबिसौना १ का २१ वर्षीय खम्बिर रौलेलाई धनुषा प्रहरीले विशेष सुराकीको आधारमा पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक गोविन्द पुरी नेतृत्वको टोलीले बसलाई घेरा हाली पुरीलाई नियन्त्रणमा लिएको थियो । पुरीको साथबाट प्रहरीले बिस्कुट आकारमा दश किलो सुन, एक थान मोबाइल र १० हजार रुपैयाँ नगद बरामद गरेको छ ।उनीबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
0 comments
Write Down Your Responses