इराकबाट एघार नेपालीको उद्धार

केही दिनको प्रयासपछि उनीहरूलाई उद्धार गरी स्वदेश फर्काउन सफलता मिलेको बताउँदै परराष्ट्र मन्त्रालयले सरकारी खर्चमा उनीहरू घर र्फकने जनाएको छ ।
उद्धार गरिएकामध्ये निर्मलपोखरी कास्कीका सन्तोष लामिछाने, शारदानगर चितवनका प्रकाश विश्वकर्मा, कन्करी रुकुमका धनबहादुर बिक, मूलखर्क ओखलढुङ्का स्थायी वासन्दा जीतबहादुर तामाङ, हपुर र सिसहनिया दाङका टोपबहादुर बस्नेत र अनिलकुमार चौधरी, मोरङ बयरबन निवासी मोहनकुमार बस्नेत, निर्मलीडाँडा खोटाङका प्रकाश गिरि, सुकजोर रामेछाप स्थायी घर भएका विष्णुबहादुर बस्नेत तथा धनकुटाको खुवाफोकका सुवास मादी र इन्द्रकुमार लिम्बु छन् ।
इराकमा चर्केको सङ्र्षका कारण आपतमा परेका नेपालीहरूको उद्धार गर्न सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनालीलाई खटाएको थियो भने इस्लामावादस्थित नेपाली दूतावासका नियोग उपप्रमुख तीर्थराज अर्याललाई इराक काज खटाएको थियो ।
वैदेशिक रोजगारीको सिलसिलामा नेपाली नागरिकलाई इराक जान सरकारले प्रतिबन्ध लगाएको भएपनि भारत र अन्य मुलुक भएर नेपाली त्यता जाने गरेका छन् । रासस
0 comments
Write Down Your Responses