अन्तवार्ता दिने क्रममा भारतमा नेपाली चेलीमाथि सामुहिक बलात्कार

काठमाडौ १० भदौ । भारतमा महिलाहरुमाथि सामुहिक बलात्कार भएका घटनाहरु धेरै नै सुन्नमा आउने गर्दछ । सन २०१३ मा मात्रै भारतको नया दिल्ली मात्रै करिब १६०० बलात्कारका घटना सार्बजनिक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसपटक भने नेपाली महिला नै त्यसको सिकार बनेकी छिन् ।
राजधानी नयाँ दिल्लीमा एक १९ वर्षीया नेपाली चेलीमाथि सामुहिक बलात्कार भएको छ ।
नेपाल काठमाडौं घर भएकी रुपा नाम परिवर्तन नेपाली किशोरीलाई ६ जनाले सामुहिक बलात्कार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
दिल्लीको दक्षिणी क्षेत्रको एक होटलमा जागिरको सिलसिलामा अन्तर्वार्ता लिने बहानामा बोलाएर बलात्कार गरेको बताइएको छ ।
भारतीय समाचार संस्था जिन्युजका अनुसार नेपाली किशोरीलाई जागिर दिने बहानामा होटेलमा अन्तरवार्ताका लागि बोलाइएर ६ जनाको सामुहिक रपमा बलात्कार गरेको थियो । घटना पछि ती युवतिले उजुरी दिएपछि घटना बाहिर आएको हो ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.