सडकमा कुर्लिएर सत्ता पाउने आशा नगर्न विपक्षीलाई मन्त्री शर्माको आग्रह

काठमाडौ, पुस १९  बुधबार एकीकृत नेकपा माओवादी क्षेत्र नम्बर–१ बागलुङको अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै शिक्षामन्त्री दिनानाथ शर्माले आगामी बैशाखमा निर्वाचन हुने ग्यारेन्टी भए एकीकृत माओवादी सरकार छोड्न तयार रहेको बताएका छन् । मन्त्री शर्माले राष्ट्रिय सहमतिको सरकार मार्फत निर्वाचन हुने सुनिश्चित भए जुनसुकै नेतृत्व पनि एकीकृत माओवादीलाई स्वीकार्य हुने पनि बताए ।

विपक्षी दलले सम्मानित राष्ट्रपतिलाई उक्साएर विवादमा तान्ने निरर्थक पं्रयास मात्र गरेको आरोप लगाउँदै उनले सडकमा कुर्लिएर मात्र सत्ता पाउने आशा नगर्न विपक्षीलाई आग्रह गरे । राजनीतिक सहमति विना सत्ता हस्तान्तरण गर्दा मुलुक थप जटिलतामा फस्ने भन्दै मन्त्री शर्माले मुलुकलाई राष्ट्रिय निकासको लागि एकीकृत नेकपा माओवादी बाधक भएको आरोप प्रचारबाजी मात्र भएको जिकिर गरे ।

एक अर्को प्रसगमा उहाँले शैक्षिक गुणस्तर सुधार र प्रशासनिक सुधारका लागि शिक्षा मन्त्रालयले प्रयास गरेपनि राष्ट्रपतिले अध्यादेश स्वीकार नगर्दा चाहे अनुरुप सुधार गर्न नसकेको स्वीकार गरे ।

सामुदायिक विद्यालय प्रति जनविश्वास घट्दै गएको गुनासो प्रति संकेत गर्दै मन्त्री शर्माले सरकारी कर्मचारी, शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य रुपमा पढाउनुपर्नेमा जोड दिए । आफुले पढाउने बिद्यालय र सिकाईमा विश्वस्त नहुने शिक्षकले कसरी अन्य अभिभावकलाई विश्वस्त पार्छन् भन्ने प्रश्न गर्दै आवश्यक शिक्षा नीति तयारी गरी आगामी दिनमा थप कडाई गर्नेउ नले बताए ।’

सोही कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले सरकार व्यक्तिगत लेनदेनको बिषय भएकाले एकिकृत रुपमा सहमति भए सरकारमा टिकी राख्ने माओवादीको मनशाय नरहेको प्रष्ट पारे ।
एकीकृत माओवादी संविधानका अन्तर वस्तुमा सहमित नभए सरकार नछोड्ने स्पष्ट अडानमा रहेको पौडेलले बताए । प्रधानमन्त्री निकासको बाधक होईनन् विपक्षी बाधक बनिरहेका छन्’ उनले भने– निर्वाचन भन्दा सरकार ठूलो ठान्ने विपक्षीको के मनशाय र नियत हो ?’

मुलुकमा जारी राजनीतिक संटक प्रति प्रधानमन्त्री चिन्तीत रहेपनि ‘सहमति विना प्रधानमन्त्रीलाई सरकार छोड भन्नु बिपक्षीहरुको दिवा सपना मात्रै भएको पौडेलको भनाई छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.