बेलायतले कर्णेल कुमार लामा पक्रेर ठिक गर्यो :अध्यक्ष उपाध्याय

एक टेलिभिजनलाई दिएको अन्र्तवार्ताको क्रममा उपाध्यायले भन्नुभयो लामा प्रकरणमा आयोगको विरोध छैन । पूर्ण सहयोग रहन्छ । बेलायती अदालतले जे गर्यो ठिक गर्यो ।
अहिलेको सरकारले मानवअधिकार आयोगको एउटा पनि सिफारिस कार्यान्वयन नगरेको जानकारी दिदै सत्य निरुपण तथा मेलमिलाप विद्येयकको विषयमा समेत आफूहरुसँग छलफल नगरेको प्रति असन्तुष्टि प्रकट गर्नुभयो । सरकारले राष्ट्रपति समक्ष कस्तो विद्येयक सिफारिस गरेको छ हेर्न पाएका छैनौ र हामि सँग छलफल पनि गर्न उचित सम्झिएन यस्तो विद्येयक आयोगले स्विकार्दैन उपाध्ययले भन्नुभयो सत्य निरुपण जस्तो विषयमा यसरी हचुवाँको भरमा पेश गरिएको विद्येयक राष्ट्रपतिले स्विकार्न हुँदैन मानवता विरोधी गंभिर अपराधका विषयमा आममाफी दिने कुरा भएकोले त्यो मानवअधिकारको मुल्य मान्यता विरोधी छ ।
दैलेखका पत्रकार डकेन्द्र थापा हत्या घटनामा समेत मुद्दा रोक्न पत्र लेखेर महान्यायाधिवक्ताले गल्ति गरेको भन्दै मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले दैलेख घटनामा आयोगलाई छानविन गर्ने अधिकार दिन माग गर्नुभयो ।
0 comments
Write Down Your Responses