ईन्टरनेट प्रयोगकर्ता होसियार

समाचार अनुसार विदेशबाट सञ्चालन भएका वेबसाइट नेपालमा खोलेपछि व्यान्डविथ शुल्क विदेश पठाउनुपर्छ । सामाजिक सञ्जाल, इमेल, भिडियो उपलब्ध गराउने लगायतका अधिकांश वेबसाइटहरू विदेसी रहेका छन् । मुलुकमा ६० प्रतिशतभन्दा बढी वेबसाइट सामाग्री विदेशी प्रयोग हुने कुरा इन्टरनेट सेवा प्रदायकको संस्था (आइएसपीएएन) का अध्यक्ष विनय बोहरा लाइ उद्धृत गर्दै समाचारमा जनाइएको छ । उनले भने त्यसकै लागि यस्तो शुल्क बुझाएको हो ।
समाचार अनुसार नेपालले स्याटलाइट र अप्टिकल फाइबरको माध्यमबाट व्यान्डविथ प्रयोग गर्दै आएको छ । धेरैजसो इन्टरनेटका सामग्री अप्टिकल फाइबरबाट भारत हुँदै नेपाल प्रवेश गर्ने गरेको छ । भारतका एयरटेल, टाटालगायत कम्पनीलाई नेपालका सेवा प्रदायक कम्पनीले शुल्क बुझाउने गरेका छन् ।
इन्टरनेट सेवामा ठूलो हिस्सा राख्न नेपाल टेलिकम, एनसेलसहित इन्टरनेट सेवा प्रदायक ९आईएसपी० ले यो रकम बुझाएको कुरा समाचारमा उल्लेख गरिएको छ ।
0 comments
Write Down Your Responses