आर्मी महिला फुटबलको फाइनलमा

काठमाडौं, श्रावण १६ । आयोजक त्रिभुवन आर्मी क्लव काठमाडौंमा जारी प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जंगी अड्डास्थित खेल मैदानमा आज भएको पहिलो सेमिफाइनलमा सुदुरपश्चिमलाई ५–१ ले हराउँदै आर्मी क्लव फाइनलमा पुगेको हो । 
खेलमा आर्मीलाई विजयी गराउन कृष्णा खत्रीले दुई गोल गरिन् भने कविता धिमाल, दीपा अधिकारी र विना चौधरीले एक–एक गोल गरे । 
नेपाली सेनाले आयोजना गरेको प्रतियोगितामा आर्मी, पुलिस र सशस्त्रका तीन विभागीय टोली र पाँच विकाशक्षेत्र गरी कुल ८ वटा महिला फुटबल टोली सहभागी छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.