संधैका लागि मंगल ग्रहमा जान मारामार

एउटा निजी कम्पनीले सदाका लागि मंगल ग्रहमा जान चाहनेहरुको एकतर्फी यात्राका लागि दरखास्त आह्वान गरेपछि अहिलेसम्म १ लाख ६५ हजारले आवेदन दर्ता गराइसकेका छन् । मंगल ग्रहसम्मको एकतर्फी यात्रा आयोजनाको दाबी गर्ने नेदरल्याण्ड्सस्थित संस्था ‘मार्स वन’ ले पृथ्वीबाट मान्छे लगेर मंगलमा वस्ती
बसाउने भएको छ ।
‘मार्स वन’ ले विश्वभरबाट मान्छेहरु छनोट गरी दुई वर्षको राशन–पानीको ब्यवस्था सहित मंगलग्रहमा मान्छे लैजाने बेलायती अखबार द इण्डिपेन्डेन्टले उल्लेख गरेको छ । जो मानिसहरु सँधैका लागि मंगल ग्रहमा जान चाहन्छन्, यो उनीहरुको जीवनको अन्तिम यात्रा हुनेछ । उनीहरु फेरि पृथ्वीमा फर्कन सक्ने छैनन् । कति त त्यहाँ पुग्नुअघि नै मर्न सक्छन् भने कोही त्यहाँ पुगेर पनि जीवित रहने छैनन्, त्यसैले यसलाई ‘सुसाइड मिसन’ पनि भनिएको छ । यदि मंगलमा कोही दुई वर्षसम्म जिवित नै रह्यो भने उसले त्यहाँ आफू जस्तै साथी भेट्ने छ , किनभने ‘मार्स वन’ ले प्रत्येक २ वर्षमा पृथ्वीबाट ४ देखि १० जनाको समूहमा यात्रीहरुलाई मंगल ग्रहमा पुर्‍याउनेछ । पृथ्वीबाट भिन्दाभिन्दै महादेशका ४ जनाको टोली पहिलो पटक सन् २०२३ सम्म मंगलमा पुर्‍याउने संस्थाले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.