सिक्किमीकरणको खतरा देखाउँदै माओवादी

काठमाडौं। संविधानसभाको निर्वाचनका नाममा नयाँ शैली अपनाएर नेपाललाई सिक्किमीकरण गरिने त होइन भनी सर्वत्रबाट आशंका व्यक्त गर्न थालिएको छ। नेकपा–माओवादी नेतृत्वको ३२ दलीय मोर्चाका १८ बुँदे मागहरू पूरा गर्नुको सट्टा झिनामसिना कुरा उठाएर वार्ता भंग गरी दलहरु तथा वर्तमान सरकार
सिक्किमीकरणको मार्गमा लम्किएको आरोप माओवादीका नेता तथा कार्यकर्ताहरुले लगाउने गरेका छन्। मोहन वैद्य नेतृत्वका बी. माओवादीको शब्दमा सिन्डिकेटवाला दलहरूर सरकारले ‘निर्धारित मितिमा जसरी पनि चुनाव गरिछाड्ने एकोहोरो जिद्दी गरेपछि देशमा सिक्किमीकरणको प्रक्रिया तीव्र हुने र क्रान्तिकारीहरूले स्वभावतः त्यसको प्रतिरोध गर्दा मुलुकमा भीषण द्वन्द्वको टकराव पैदा हुने अवस्था देखिएको छ।
सामान्यतः ‘इतिहासको पुनरावृत्ति हुँदैन, विकास हुन्छ’ भनिन्छ। ठीक यसैगरी नेपालमा सिक्किमीकरणको पुनरावृत्ति नभई नयाँ शैलीबाट लागू गर्न खोजिएको बुझाइ उनीहरुको छ। आज एमाओवादी, कांग्रेस, एमाले र मधेशवादीहरू लोकतन्त्रको दुहाई दिएर नेपाललाई विदेशीको हातमा सुम्पीने प्रयत्नमा अहोरात्र जुटिरहेको आरोप लगाउन समेत उनीहरु पछि पर्दैनन्। आफूलाई प्रमुख राजनीतिक दल दावी गर्ने यी राजनीतिक पक्षहरूको राष्ट्रघाती हर्कतका कारण नेपाली इतिहासमै राष्ट्रियता असाध्यै कमजोर बनेर उभिएको उनीहरुको बुझाइ छ।
‘निर्वाचनको आवरणमा नयाँ लेण्डुप र हिटलरहरू जन्मँदैछन्। उनका जमाना र देशमा ती पात्रहरू पनि निर्वाचनकै माध्यमबाट उदय भएका हुन्।’ माओवादीका नेता धर्मेन्द्र बास्कोटाले गत शुक्रबार भक्तपुरको कौशलटारमा भाषण गर्दै भने, ‘सन् १९७४ मा तत्कालीन सिक्किममा भएको निर्वाचनमा लेण्डुपको सिक्किम नेसनल कङ्ग्रेस पार्टीले भारी बहुमत ल्यायो र सरकार पनि बनायो। त्यसबेला दोर्जेलाई अहिलेका नेपाली सिन्डिकेटवालाहरूलाई जस्तै भारतको प्रत्यक्ष र परोक्ष सहयोग थियो।
त्यतिबेला उनलाई मुख्यतः भारतीय गुप्तचर संस्थाहरू ‘आईबी र ‘र’ ले आर्थिकलगायत सहयोग गरेको थियो। त्यसको परिणामस्वरूप सन् १९७५ मा गरिएको ‘जनमतसङ्ग्रह146 ले सिक्किमलाई भारतमा गाभ्ने निर्णय गर्योर। अन्ततः सिक्किम भारतको २२औं राज्य बन्न पुग्यो। लेण्डुप त्यसको मुख्यमन्त्री बने। एउटा स्वतन्त्र र स्वाधीन राष्ट्र सिक्किमले आफ्नो गौरवशाली इतिहासको अन्त्य आफँै गर्न पुग्यो  र ऊ भारतको परनिर्भरताको जाँतोमुनि पिँधियो।’ युरोपको जर्मनी, इटालीलगायतका
मुलुकमा हिटलर, मुसोलिनीजस्ता पात्रहरू पनि निर्वाचनकै प्रक्रियाबाट उदय भएका थिए। सन् १९३३ तिर निर्वाचनबाट सत्तामा उदाएका हिटलरले फाँसीवादी शासनबाट सिङ्गो विश्वलाई अन्धकारमा
धकेलेको थियो। त्यो फाँसीवादलाई निस्तेज पार्न तत्कालीन सोभियत संघका क्रान्तिकारी नायक स्टालिनको प्रत्यक्ष नेतृत्व र पहल गरे। सशक्त फौजी प्रतिरोधद्वारा हिटलरको फँासीवादलाई परास्त गरिएको थियो। तत्कालीन
सोभियत संघ र स्टालिनको प्रत्यक्ष पहल र नेतृत्व नभएको भए सिङ्गो विश्वलाई हिटलरले समाप्त पारेको हुन्थ्यो।
यस्तै खालको अवस्था नेपालमा पनि निम्त्याउने खेलका लागि निर्वाचनको कुरा उठाइएको बी. माओवादीको बुझाइ छ। कयाँैं दशकपछि आज नेपालमा फेरि निर्वाचनकै नामबाट त्यो कालो इतिहास नयाँ रूप र शैलीबाट अभ्यास गर्ने कोसिस हुँदैछ भन्न पनि बी. माओवादीका नेताहरुले व्यक्त गर्न थालेका छन्। ‘निर्वाचन सबथोक होइन, एउटा माध्यम मात्र हो; साध्य होइन, साधन मात्रै हो। साध्य त मुलुक र जनताको गन्तव्य र लक्ष्य हो। साध्य मुख्य कुरा हो। नेपालको हकमा साध्य लोकतन्त्र हो। यसले मात्र राष्ट्र र जनतालाई समृद्ध बनाउँछ।’
संसारमा संविधानसभाको निर्वाचनबाट कतै पनि राजनीतिक स्थायित्व र समृद्धि भएको देखिएको छैन। केही मुलुक बाहेक अधिकांश मुलुकमा संविधानसभा असफल भएको इतिहास हाम्रा सामु छन्। फेरि, संविधानसभा
कसको नेतृत्वमा छ भन्ने कुरा प्रमुख हो। विगतमा संविधानसभा क्रान्तिकारी कम्युनिस्टहरूको हातमा थियो। त्यो संविधानसभाबाट राजनीतिक निकासका निम्ति माओवादीले चार वर्ष लामो प्रयत्न गर्यों तर संभव भएन। त्यसको एक मात्र कारण थियो– संविधानसभा
प्रतिक्रियावादीहरूको हातमा पुग्नु। पछि त्यसलाई विदेशी शक्ति (खासगरी भारतीय विस्तारवाद) ले आफ्नो हातमा लियो। त्यसैले संविधानसभाबाट नयाँ र जनताको संविधान बन्न सकेन। आज त झन् ‘जसरी पनि नेपालमा संविधानसभाको दोस्रो निर्वाचन गराइछाड्नेएजेन्डा पूरै भारतीय
विस्तारवादको नै भएको छ। उसैको प्रायोजनमा कथित संविधानसभा निर्वाचनको नाटक मञ्चन गरिँदैछ। भारत यो कथित संविधानसभा
निर्वाचनबाट नेपाललाई दोस्रो सिक्किम बनाउन चाहन्छ। भारतले आफ्ना
दलालहरूलाई ‘जसरी पनि निर्वाचनबाट दुईतिहाई बहुमत पुर्यावइदिने आश्वान समेत दिएको छ। अहिले भारतको पहिलो रोजाइ
ए.माओवादी हो। जनयुद्धबाट आएको ठूलो शक्ति र ऊसँग अहिले पनि केही जनाधार रहेको आँकलनसहित भारतले एमाओवादीलाई प्रयोग गर्ने रणनीति लिएको देखिन्छ। जसरी सिक्किमका तत्कालीन ‘नेता लेण्डुपलाई भारतले प्रयोग गरेको थियो, अहिले ठीक त्यसैगरी पुष्पकमल दाहाल र बाबुराम भट्टराईहरूलाई प्रयोग गर्ने योजना रहेको बी. माओवादीका नेताहरुको बुझाइ छ। ‘दिल्लीले पहिले लेण्डुपलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्दथ्यो, पछि उसलाई भेट्ने समय समेत दिएन। आज नेपालका ए.माओवादी नेताहरूलाई भारतले जुन प्राथमिकताका साथ हेर्ने गरेको छ, भोलिका दिनमा ‘युज एन्ड थ्रो’ को रणनीतिअनुरूप लेन्डुपकै हालत पुनरावृत्ति हुने देखिन्छ।’ बी. माओवादीका अधिकांश नेताहरुले भाषण गर्दा नछुटाउने भनाइ हुन् यी। ‘यो रणनीति नबुझेरै अथवा बुझेर पनि क्षणिक
स्वार्थसिद्धिको मनशायका साथ नेपालका थुप्रै राजनीतिक गुटहरू तथा तिनका नेताहरू भारतको एजेन्ट बन्न पुगेका छन्।’ माओवादीका नेताहरुले विना हिच्किचाहट भन्ने गरेका छन्। आज भारतले यथासम्भव सबै हथकण्डा प्रयोग गरेर संविधानसभाको दोस्रो निर्वाचनमार्फत मुलुकको मूल कानुन अर्थात् संविधान लेख्ने निकायमा आफ्नो अनुकूलका पार्टीहरूको दुईतिहाई बहुमत कामय ल्याउने कसरत जारी राखेको छ। यसरी कायम
गरिएको दुईतिहाईको माध्यमबाट आफैँ अनुकूलको संविधान बनाउने र यसैको आडमा व्यवस्थापिकालाई समेत नियन्त्रणमा लिई कार्यपालिका (मन्त्रिमण्डल) समेत आफ्नै नियन्त्रणमा राख्ने खेललाई उत्कर्षमा पुर्यााएको छ। यसो भइसकेपछि भारतले आफ्नो छुट्टै सेना नेपालमा पठाउनै नपर्ने र
नयाँ ढङ्ग र शैलीमा सहजै सिक्किमीकरण गर्न सकिने उसको निष्कर्ष र दुष्प्रयत्न रहेको भन्न पनि बी. माओवादीका नेताहरु चुकिरहेका छैनन्।
सिक्किमलाई भारतमा गाभ्न हिजो जुन रणनीति अपनाइएको थियो, भिन्न शैलीमा भारतले अहिले नेपालमा पनि त्यही रणनीति अघि बढाइरहेको छ। ‘सिक्किमलाई भारतमा विलय गर्न उसले जसरी आर्थिकलगायतका
थुप्रै ‘सहयोग146 गरेको थियो र त्यसैको आडमा लेण्डुपको सिक्किम कङ्ग्रेस निर्वाचनबाट ‘भारी बहुमतका साथ पहिलो पार्टी बन्न पुगेको थियो; ठीक त्यसैगरी दिल्ली आज नेपालमा पनि एमाओवादी र मधेशवादी दललाई संविधानसभा निर्वाचनमा भारीबहुमतका साथ ‘विजयी गराउने प्रयत्नमा
देखिन्छ। ऊ आफ्नो रणनीति पूरा गर्न सबै रणनीति अख्तियार गरिरहेको छ।’ भन्दै वैद्य नेतृत्वका माओवादीले भाषण गर्दै हिंडे पनि उनीहरु पनि उत्तरतिरबाट सञ्चालित हुन् भन्न ए. माओवादीका नेताहरु पछि पर्दैनन्। वास्तविकता जे भए पनि दुवै माओवादीले एक अर्काको विरोधका लागि यस्ता कुरा गरेका हुन् वा सर्पले सर्पको खुट्टा देखे झैं वास्तविकतै ओकलेका हुन् त्यो भने भविष्यले बताउने भएकाले समय पर्खिनै पर्ने भएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.