आर्थिक क्षमताले नभ्याउने भएपछि स्वअध्ययन गरी बसन्तले बनाए हेलीकोप्टर

हेलिकोप्टर बनाएका छन् । रामेछापको मेगपा स्थायी घर भएका २७ वर्षीय बसन्त श्रेष्ठले बनाएको
होलीकोप्टरको आज परीक्षण गरीएको हो ।
भक्तपुर ताथली ८ इथाचामा बस्दै आएका श्रेष्ठले बनाएको हेलिकोप्टर हेर्न स्थानीयको भिड लागेको थियो । परीक्षणका क्रममा हेलिकोप्टरको पखा केही समय घुम्ने अनि बन्द हुने भएको थियो ।
हेलिकप्टरमा मोटरसाइकलमा प्रयोग हुने दुईवटा इन्जिन लगायतका सामान प्रयोग गरि बनाइएको हेलिकोप्टरको नाम एभरेष्ट कोप्टर बीएस १९९८ नं। दिइएको छ ।
जसमा २ जनासम्म बस्न मिल्छ ।हेलिकोप्टर बनाउनका लागि करिब साढे पाँच लाख रकम खर्च भएको श्रेष्ठले बताएका छन् ।
उनले एक दिन हेलिकोप्टरमा उडाएर देखाउने बताए । एक सामान्य किसान परिवारमा जन्मेका श्रेष्ठको उक्त सफलताबाट उनका परिवार र आफन्त मात्र हैन इथाचाका स्थानीयहरु पनि दंग र खुसी छन् ।
विसं २०६० सालको एसएलसी पास गरेपछि श्रेष्ठले गुरुकूल ओपन स्कुलबाट आइएस्सी सकाए । त्यसपछि सिवानी एयरमा नाम पनि निकाले ।
नाम त निक्लियो तर, आफूले पढ्न चाहेको पाइलट अध्ययनका लागि आर्थिक क्षमताले नभ्याउने भएपछि उनले स्वअध्ययन गर्न थाले ।
0 comments
Write Down Your Responses