संविधानसभा चुनाव गरेमा नयाँ द्वन्द्व सिर्जना हुने: राई

तनहुँ, १४ भदौ । सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले सडकमा रहेका दललाई उपेक्षा गरी संविधानसभा चुनाव गरेमा नयाँ द्वन्द्व सिर्जना हुने बताउनुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज तनहुँको आयोजनामा आज यहाँ भएको पत्रकार
सम्मेलनमा उहाँले उच्चस्तरीय समितिले हतारमा वार्ता गरेको आरोप लगाउनुभयो । आफ्नो पार्टीले यथास्थितिमा चुनावमा भाग नलिने बताउँदै नेता राईले निर्वाचनका लागि चारदलीय संयन्त्रको खारेजी गरी सर्वदलीय संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.