माल्दिभ्सलाई हराउँदै भारत साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं, भाद्र २४ । भारत काठमाडौंमा जारी आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा आज भएको दोस्रो सेमिफाइनलमा माल्दिभ्समाथि १–० को संघर्षपूर्ण विजय हासिल गर्दै भारत फाइनलमा पुगेको हो । 
खेलको ८५ औं मिनेटमा अर्नब मण्डलले गोल गर्दै भारतलाई फाइनलमा पु-याएका हुन् । भारत समूह ‘ए’को
उपविजेता तथा माल्दिभ्स समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । भारत ५ पटकको तथा माल्दिभ्स एक पटकको च्याम्पियनसमेत हो ।
पाँच पटकको च्याम्पियन भारतले अब उपाधिका लागि बुधबार अफगानिस्तानको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा समूह ‘ए’को विजेता नेपाललाई १–० ले पराजित गर्दै समूह ‘बी’को उपविजेता अफगानिस्तानले लगातार दोस्रो पटक फाइनल यात्रा तय गरेको हो । 
भारतको नयाँदिल्लीमा सम्पन्न सातौं संस्करणमा पनि अफगानिस्तानले नेपाललाई सेमिफाइनलमै पराजित गरेको थियो ।
यसैबीच, बुधबारको फाइनल खेल सातौं संस्करणको फाइनलको पुनरावृत्तिको रुपमा लिइएको छ । त्यतिबेला भारतले बाजी मारेको थियो ।
यता, यसपटक राम्रो प्रदर्शन गर्दागर्दा पनि सेमिफाइनलबाटै बाहिरिएको नेपालले समर्थकको मन भने जितेको छ । नेपालले २० वर्षपछि भारतलाई र दुई वर्षपछि बंगलादेशलाई हराएको थियो । 
सक्दो प्रयास गर्दा पनि अफगानिस्तानसँग पराजित भएपछि अब भने अखिल नेपाल फुटबल संघ (एन्फा)ले गम्भीरतापूर्वक भावी योजना बनाउनु जरुरी भएको फुटबल पंडितहरुको तर्क छ ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.