दुई महिनामा बाढी पहिरोमा परेर १ सय ३८ को मृत्यु

गृह मन्त्रालयका अनुसार गएको असार २ गते यता मुलुकका ५० जिल्लामा त्यस्ता घटनामा परेर १३८ जनाको मृत्यु भएको हो।
त्यस्ता घटनामा परेर ६५ जना बेपत्ता हुनुका साथै ३९ जना घाइते भएको मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद कोइरालाले जानकारी दिनुभयो।
बाढी पहिरोबाट एक हजार १३१ घर पूर्णरूपमा क्षति तथा एक हजार ४६३ घरमा आंशिक क्षति पुगेको विवरण मन्त्रालयले दिएको छ।
राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त सूचनाअनुसार बाढी पीडितका लागि हालसम्म एक करोड ५९ लाख ८७ हजार ४९ राहत वितरण भइसकेको छ।
0 comments
Write Down Your Responses