जेफाले’ मुख्य पर्यटकीय गन्तब्य, पूर्वाञ्चलका १६ जिल्ला दृष्यावलोकन गर्न सकिने

जिल्ला विकास समिति, पर्यटन कार्यालय र स्थानीयको पहलमा जेफाले क्षेत्रलाई मुख्य पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न पहल थालिएको हो । धनकुटा र मोरङ जिल्लाको सीमानामा पर्ने जेफाले क्षेत्रको विकासका लागि जिविसले जेफाले डाँडामा करिव ४० लाखको लागतमा ३ तल्ले भ्यु टावर निर्माण गरेको छ ।
समुद्र सतहबाट २१ सय १० मिटरको उचाईमा रहेको जेफाले डाँडाबाट पूर्वाञ्चलका १६ जिल्लाका साथै कन्चनजंगा, मकालु, सगरमाथा लगायतका हिमश्रृखलाको दृष्यावलोकन गर्न सकिन्छ ।
जेफाले क्षेत्रको प्रचार–प्रचारका लागि पर्यटन कार्यालयले पर्यटकीय स्थलको सूचीमा राखी सूचना केन्द्र समेत स्थापना गरेको छ ।
0 comments
Write Down Your Responses