एसीसी यु–१९ क्रिकेटमा नेपाल पराजित

काठमाडौं, पौष १३ । एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । संयुक्त अरब ईमाईरेट्स युएइको दुबईम आज भएको खेलमा नेपाललाई पाकिस्तानको अण्डर नाईन्टीन टोलीले .१ सय ३२ रनले हराएको हो । आइसीसी ग्लोबल क्रिकेट एकेडेमीमा सम्पन्न खेलमा पहिले व्याटिङ
गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन बनायो ।
पाकिस्तानका लागि सामी अस्लम र हसन राजाले शतकीय ईनीङ खेले । जावाफमा ३ सय १२ रनको विशाल चुनौती पछ्याउने क्रममा नेपाल १ सय ७९ रनमै समेटियो । निर्धारित ५० ओभरमा नेपालले ७ विकेट गुमाएर १ सय ७९ रन बनाएको हो ।
नेपालका ओपनिङ ब्याट्सम्यानहरु सुनिल धमला र अमित श्रेष्ठले पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरे पनि अन्य ब्याट्सम्यानहरु चल्न सकेनन् । धमला ३९ रन बनाएर आउट भए भने श्रेष्ठले ६० रन जोडे । निकै ढिलो गतिमा व्याटीङ गरेको नेपालले कुनै पनि समय आवश्यक रन रेट भेट्टाउन सकेन ।
एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेट अन्तर्गत नेपालको समूहमा पाकिस्तानसँगै आयोजक युएई र टेस्ट मान्यता प्राप्त राष्ट्र भारत पनि रहेका छन् । नेपालले समूह चरणको दोस्रो खेल भोलि भारतसँग र तेस्रो खेल मंगलबार यूएईसँग खेल्नेछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.