दोलखाका बहिरा विद्यार्थीलाई साउदीवाट ५० हजार रूपैयाँ सहयोग

उक्त सहयोग बुधवार जिल्ला प्रशासन कार्यालय, दोलखाको सभाकक्षमा एक समारोहको आयोजना गरि
दोलखा बहिरा संघका अध्यक्ष, निराजन उप्रेतीलाई हस्तान्तरण गरिएको थियो । राष्ट्रिय वहिरा महासंघका अध्यक्ष कल्पणा बज्रचार्य, दोलखाका प्रमुख जिल्ला अधिकारी (सी.डि.ओ.) प्रल्हाद पोखरेल, स्थानीय विकास अधिकारी (एल.डि.ओ) डुपराज पोखरेल, शिक्षा सचिव गोपाल नारायण श्रेष्ठ, डि.एस.पी सुरेश प्रसाद काफले, पत्रकारहरु, वहिराहरु, अपाङगा, वहिराका अभिभावकहरु उक्त सहयोग हस्तान्तरण कार्यक्रममा सहभागिता थियो ।
सहयोग जुटाई दिन आङ काजी शेर्पाले १५ दिन अगाडि सुनारीमगरलाई आह्वान गरेको थियो । सहयोगको निम्न विवरण पढेर सुनाए र सामान किनेर खर्च बाँकी रहेको रकम १०,३०० संघका अध्यक्ष निराजन उप्रेतीलाई हस्तान्तरण गरिएको थियो ।
0 comments
Write Down Your Responses