बैदेशिक रोजगार व्यवसायी संघमा अध्यक्ष बलबहादुर तामाङ अबैधानिक

३ फागुन, काठमाडौं । बलबहादुर तामाङले नेतृत्व गरेको नेपाल बैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति अवैधानि ठहरिएको छ ।
जिल्ला प्रसासन कार्यलय काठमाडौंले तामाङ अध्यक्ष रहेको कार्यसमिति अवैधानिक भएको ठहर गरेको हो । प्रशासनले हंसराज वाग्ले अध्यक्ष रहेको कार्यसमितिले संघको बैधानिक कार्यसमिति भएको निर्णय गरेको छ ।गत माघ २३ गते प्रशासनले वाग्लेको कार्यसमितिमाथि कानूनी प्रश्न उठाउने ठाउँ नरहेको भन्दै बैधानिकताको प्रमाणपत्र दिएको हो । प्रशासनले बिहीबार संघलाई वाग्लेको कार्यासमिति बैधानिक भएको पत्राचार गरेको छ ।बलबहादुर तामाङ अध्यक्षमा निर्वाचित भएदेखि नै संघमा चरम विवाद उत्पन्न भएको थियो । व्यवसायीहरु व्यवसायको बेहित हुने काम गरेको भन्दै तामाङविरुद्ध एकत्रित भएका थिए ।
गत असोजमा संघका ६ सय ४ जना सदस्यले अध्यक्ष तामाङलाई अविश्वासको प्रस्ीतावद्धारा हटाएका थिए । तर, तामाङले उक्त हस्ताक्षरलाई नक्कली भन्दै आफू अध्यक्ष रहेको दाबी गर्दै आएका थिए । प्रशासनको निर्णय पक्षपाती भएको भन्दै आफू अदालत जाने तयारी गरिरहेको तामाङले प्रतिक्रिया दिए । उनी  निर्वाचित अध्यक्ष हुन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.