प्रहरीको पक्राउबाट बच्न सहकारीका फरार सञ्चालक जाँचबुझ आयोगमा

आयोगमा कुन-कुन सहकारीका सञ्चालकले कहिले दिए बयान ? (मितिसहित)
पुष्प दुलाल
४ माघ काठमडौं । प्रहरीको पक्राउबाट बच्न सर्वसाधरणको बचत लिएर फरार भएका समस्याग्रस्त सहकारीका सञ्चालकहरु सहकारी जाँचबुझ आयोगमा धमाधम उपस्थित हुन थालेका छन् ।
आयोगले गत माघ २२ गते ४८ सहकारीका अध्यक्ष तथा सञ्चालकहरुलाई पक्राउन गर्न निर्देशन नदिएपछि १२ सहकारीका फरार सञ्चालकहरु आयोगमा उपस्थित भएका हुन् । त्यसअघि १७ वटा सहकारी संस्थाका अध्यक्ष मात्रै आयोगमा   उपस्थित भएका थिए ।
हालसम्म २९ वटा सहकारीका सञ्चालक आयोगमा उपस्थित भई बयान दिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अनलाइनखबरलाई जानकारी दिए । कार्कीका अनुसार ७० वटा सहकारी संस्थाका विरुद्धमा आयोगमा १३ हजार उजुरी परेका छन् ।
माघ २७ गते एकैदिन पाँच वटा सहकारीका अध्यक्ष तथा सञ्चालकहरुले आयोगमा बयान दिएका छन् । त्यसैगरी फागून महिनाका चार दिनमा चारवटा सहकारीका अध्यक्ष तथा सञ्चालक बयान दिन आयोगमा उपस्थित भएको आयोगका अध्यक्ष गौरीबहादु कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।
सात सहकारीको डीडीए सम्पन्न
 समस्याग्रस्त सहकारीका लागि जाँचबुझ आयोगले समस्याग्रस्त सात वटा सहकारी संस्थाको ड्यु डेलिजेन्स अडिट (डीडीए) गरेको छ ।
 सहायता, स्टाण्डर्ड, शुभश्री, रिनाउन, सुलभ बचत तथा ऋण सहकारी संस्थाको डीडीए भइसकेको छ भने हाइस्ट्र्रीट र नव नेपाल वचत तथा ऋण सहकारीको डीडीए भइरहेको आयोगका अध्यक्ष कार्कीले जानकारी दिए ।
 हालसम्म आयोगमा बयान दिन आएका सहकारी संस्थाका अध्यक्ष र सञ्चालकहरु
१. ओरियन्टल सहकारी, अध्यक्ष-सुधीर बस्नेत । (पुस)
२. गुण सहकारी, अध्यक्ष-राजेन्द्र शाक्य । (पुस)
३. प्यासिफिक सहकारी, अध्यक्ष-धीरेन्द्रप्रसाद प्रधान । (पुस)
४. कोरोना सहकारी, कोषाध्यक्ष-राजेन्द्र लाल मानन्धर, सचिव -बिन्जु श्रेष्ठ र अध्यक्ष योगेन्द्रलाल मानन्धर । (माघ ४)
५. शुभश्री सहकारी, पूर्वअध्यक्ष-नगेन्द्र शर्मा ।
६. नवराजधानी सहकारी, अध्यक्ष-सगुन पाण्डे ।
७. सहायता सहकारी, अध्यक्ष-कमलशम्शेर राणा र लेखराज राई ।
८. स्टाण्डर्ड सहकारीका अध्यक्ष-खेमराज निरौला र सन्चालक राजु श्रेष्ठलाई ठगी मुद्दामा थुनामा रहेको कारागारबाट झिकाएर माघ ५ गते देखिबयान लिइरहेको । सोही संस्थाका कर्जा सहायक शिव कार्की २७ माघमा बयान दिन हाजिर भएका, उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा चलेको ठगी मुद्दामा धरौटीमा छुटेका ।
९. रिनाउन बहुमुखी सहकारी, अध्यक्ष-दिनेश श्रेष्ठ । (माघ ६)
१०. दीप शिखा सहकारी, अध्यक्ष -दीपक लामा । (माघ ६)
११. एरिया सेभिंग एण्ड क्रेडिट कोअपरेटिभ, अध्यक्ष-सतीशकुमार धिताल । (माघ ७)
१२. पुष्पाञ्जली सहकारी, अध्यक्ष- दुर्गाप्रसाद दाहाल । (माघ १०)
१३. चार्टर सहकारी, मेनेजर-सविना शर्मा र ऋण अधिकृत-नवीन कोइराला, उपाध्यक्ष-कुमार निरौला, कोषाध्यक्ष -सुरेश अधिकारी र सदस्य वर्षा तण्डुकार । (माघ २९)
१४. रुपान्तरण सहकारी, अध्यक्ष-माणिकरत्न स्थापित । (माघ १२)
१५. कन्जुमर सहकारी, अध्यक्ष-राजेश आचार्य र मेनेजर-सन्ध्या भट्टराई ।
१६. परिमल सहकारी, अध्यक्ष भूपेन्द्र बस्नेत । (माघ १९)
१७. सुलभ सहकारी, अध्यक्ष-सज्जनकुमार भट्टराई । (माघ २३)
१८. नव नेपाल सहकारी, अध्यक्ष-शर्मिला कार्की -थापा), सचिव-निरज महर्जन । (माघ २७)
१९. मुस्किलमा सजिलो बहुउद्देश्यीय सहकारी, अध्यक्ष-अर्जुन कोइराला, कोषाध्यक्ष-सुदर्शन कार्की । (माघ २७)
२०. कुवेर सहकारी, अध्यक्ष-रमेश भण्डारी । -माघ २७)
२१. कोहिनुर हिल सहकारी, अध्यक्ष-नरेशप्रसाद श्रीवास्तवले छोरा चिरन्जीवीलाई वारिस पठाएका । (माघ २७)
२२. प्रभु सहकारी, व्यवस्थापक -करुण श्रेष्ठ । (माघ २७)
२३. इन्द्रायणी सहकारी, अध्यक्ष-रचना गौचन, सचिव-नृपरत्न बज्राचार्य । (माघ २८)
२४.सुनौलो सहकारी, अध्यक्ष लालबहादुर लिम्बु । (माघ २८ )
२५. हितैषी बहुउद्देश्यीय सहकारी, अध्यक्ष-ज्योति अधिकारी । (माघ २८ )
२६. सुवीर सहकारी, अध्यक्ष-कमलप्रसाद शर्मा । (फागुन १ )
२७. रिक्रियटिभ सर्भिस बहुउद्देश्यीय सहकारी, अध्यक्ष-शक्ति थापा । (फागून १ )
२८.हाइस्टि्रट सहकारी, अध्यक्ष-नीमादेवी कर्माचार्य, सञ्चालक-सुवासचन्द्र राई । (फागुन २)
२९. साइन सहकारी, सञ्चालक-कृष्ण दंगाल । (फागुन ४)
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.