परोपकारी कोषका लागी र्इजरायलबाट ५० लाख हस्तान्तरण

इजरायल, फागुन ४– एक लाख भन्दा माथी रकम हस्तान्तरण गर्ने सहयोगी मन तुलाराम बढाल र मिना कुमारी सँगौला कार्यक्ममा अभियान्ता मिश्रले थोरै नेपाली रहेर पनि ईजरायलबाट ५० लाख संकलन हुनु
भनेको एक उदाहरणीय कार्यभएको भन्दै ईजरायलबासी नेपालीहरुलाई धन्यवाद दिए । हाल सम्म हेल्प नेपाल नेटवर्कको १० करोडको परोपकारी अक्षय कोषमा ४ करोड ७० लाख रुपैया बिदेशमा बस्ने नेपाली र नेपाल भित्रै रहेका नेपालीबाट संकलन भई सकेको छ भने नेर्टवर्कले ५० वटा बिद्मालय ४० वटा पुस्तकालय बनेपामा एउटा बाल आश्रम मुगु र अछाममा हेल्थ पोष्ट स्थापना गरि सकेको छ भने सितलहर लगाएत आपत कालिन अवस्थामा परेको पिडितहरलाई सहयोग उपलब्ध गराई रहेको बताए । तेलअभिवको हर्चियोनमार्ग को ३ नम्बर भवनमा साझ साढे ७ बजेबाट शुरु भएको रकम हस्तान्तरण कार्यक्रममा बोल्दै राजदुत प्रसाईले परोपकारीकोषका लागी ईजरायलमा कार्यरत नेपालीहरुको अग्रसरताबाट ५० लाख संकलन गरी हस्तान्तरण गर्न पाउदा आफुलाई खुशी लागेको बताउदै सन १९९९ बाट हेल्प नेपाल नेर्टर्वक ले एक पाउन्डबाट शुरु गरेको यो अभियानले १३ बर्षको अबधीमा ४ करोढ ७० लाख र ईजरायलबाट प्रदान गरिएको ५० लाख गरि ५ करोढ २० लाख सँकलन भै सकेको सुन्न पाउदा आफु गर्वित भएको बताउनु भएको उहाले यस महान अभियानमा सहभागी हुने ईजरयाल लगाएत बिश्व भरका नेपालीलाई धन्यवाद ब्यक्त गरे । कार्यक्रममा १०० डलर भन्दा माथी सहयोग गर्ने सहयोगी मन लाई हेल्प नेपाल नेटवर्क ईजरायलले प्रमाण पत्र उपलब्ध गराएको थियो भने नृत्यकार देवकी ढकाल ले मन्जुश्री नृत्य प्रस्तुत गरेकी थिर्इन् । हेल्प नेपाल नेर्टबर्क ईजरायले करिब ६ महिना २० दिन सन्चालन गरेको १० करोडको परोपकारी अक्षयकोषका लागी सहयोग अभियान अगामी दिनमा हेल्प नेपाल नेटवर्क तर्दथ समिती ईजरायल मार्फत यसले निरन्तरता पाउने हेल्प नेपाल नेट वर्क ईजरायलले जनाएको छ । नेट वर्कको तर्फबाट ईजरायलबासी सहयागीमनहरुलाई अभियानमा सहभागी भै दिनु भएकोमा धन्यवाद दिदै आगामी दिनमा पनी ईजरायलबासी नेपाली दाजुभाई दिदी बैनीलाई यो महान अभियानमा जुटन आग्रह समेत गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.