एचआइभी पीडित बालबालिकालाई आर्थिक सहयोग

समाजले मंगलबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा एचआइभी पीडित बालबालिकाको उपचार, संरक्षण र शिक्षाको विकासका निम्ति समाजका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई सो रकम हस्तान्तरण गर्नुभयो ।
सो शिक्षा सदनमा १७ जना एचआइभी पीडित बालबालिका रहेका छन् ।
समाजले विगत पाँच वर्षदेखि आमा बुबा नभएका एचआइभी पीडित बालबालिकाको संरक्षण गर्दै आएको र शिक्षा सदनलाई प्रदान गरिएको रकम बेल्जियममा गरिएको विविध साँस्कृतिक कार्यक्रमबाट सङ्कलन भएको समाजका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
हास्य कलाकार मनोज गजुरेलले एचआइभी पीडित बालबालिकालाई आर्थिक सहयोग गरेकाप्रति समाजलाई धन्यवाद दिँदै नेपालमा भएका विभिन्न समस्या समाधानका लागि सहयोग गर्न एनआरएनलाई आग्रह गर्नुभयो ।
0 comments
Write Down Your Responses