लड्डु खुवाएर पाँच लाख लुट्ने सार्वजनिक
चोरीको अभियोगमा पक्राउ परेका सोलुखुम्बु तिङ्लाकाका दीपक भुजेललाई चोरिएका सामान र नगदसहित महानगरीय प्रहरी अपराध महाशाखाले आज सार्वजनिक गरेको छ।
सवारी चालकको काम गर्दैआएका अभियुक्त भुजेलले गएको बिहीबार भारतीय नागरिक सदाव हमाम
खानलाई बा८च ६२७९ नम्बरको गाडीमा राखेर पाटन ढोका पुर्याएपछि उनको व्यागमा रहेका महत्वपूर्ण कागजात, ल्यापटप, मोबाइलसमेत गरी करिब रु पाँच लाख मूल्यबराबरको सामान लिएर फरार भएको प्रहरी उपरीक्षक भूपाल भण्डारी जानकारी दिए ।फरार अभियुक्तले प्रयोगमा ल्याएका सवारी साधन भक्तपुरको कौशलटारमा छाडेको थियो। चोरी गरी लगेको सामानसहित भुजेललाई प्रहरीले हिजो पक्राउ गरेको हो। उसबाट प्रहरीले चोरी गरी लगेका सबै सामानसमेत बरामद गरेको जनाएको छ।
त्यसैगरी, नशालु पदार्थ खुवाएर लुटपाट गर्ने दुईजना अभियुक्तलाई दसीका सामानसहित पक्राउ गरेर आजै सार्वजनिक गरिएको छ।
बागलुङ पैयुथनथापका ढुण्डीराज शर्मा र नुवाकोट तालुका गाविस–५ का ज्ञानेश्वर दाहाललाई लुटपाटको अभियोगमा पक्राउ गरिएको हो।
उनीहरुले दोलखा झुले गाविस घर भई हाल शान्तिनगर बस्ने टोपबहादुर काफ्लेलाई बुटवलमा सस्तो जग्गा खरिद गर्ने भनी नशालु पदार्थ मिसाइएको लड्डु खुवाई रु पाँच लाख ५४ हजार लुटेका थिए।
अभियुक्तहरुबाट प्रहरीले नगद रु एक लाख र तीनवटा मोबाइल बरामद गरेको छ। दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ। रासस

0 comments
Write Down Your Responses