होटलमा अनैतिक क्रियाकलाप बढ्न थालेपछि छापामार्ने काम तीव्र

छापामार्ने क्रममा प्रहरीले गएराति धनकुटा–६ रमाइलो घुम्तीटोलस्थित युगानुकूल होटलबाट एक जोडी र तास खेलिरहेको अवस्थामा अर्को एक होटलबाट तीनजनालाई नियन्त्रणमा लिएको छ ।
धनकुटाका प्रहरी निरीक्षक शेषकराम थान्दारको नेतृत्वमा गएको प्रहरी टोलीले जोडीसहित होटल सञ्चालकलाई समेत नियन्त्रणमा लिएको हो ।
यता धनकुटा–७ चुवाको बोट नजिकको निसान होटल एण्ड लजबाट तास खेल्दै गरेको अवस्थामा ३७ हजार नगदसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले होटल सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ ।
0 comments
Write Down Your Responses