युद्ध भूमि इजरायल
माया घले मगर हाल : बिगत ८ बर्ष
देखि इजरायलमा कार्यरत
वर्तमान इजरायल वा प्यालेस्टिन भुमीमा युद्धहरु,बिद्रोहहरु,निरंकुश
शासनहरू धार्मिक श्रदाहरुले ओतपोत भएको पृथिबीको मध्य भागमा
अबस्थित इजरायल देशको पौराणिक ईतिहाश इशा पुर्ब २००० मा
अब्राहमले बेबिलोन वर्तमान इराकको उर् भन्ने शहरबाट कनान भुमीमा
बसाई सरेपछि प्रारम्भ भयो कनान भुमीमा त्यस समय कानानी जातीको
बसोबास गर्दथे कनान भूमिलाई बाइबलमा प्रतिज्ञाको देश पनि भनिन्छ
वर्तमान इजरायल र प्यालेस्टाइन भुमीमा त्यस समयमा कनानी र अन्य
धेरै जातिहरुले स-साना राज्यहरुमा शासन गरेका थिय अब्राहमले ,रोग
भोक र शत्रुहरुको सामना गर्दै कनान भुमीमा बसोबास गरे अब्राहमको
२ छोरा थिए इश्माइल र इसाहक इसाहकबाट एसाब र याकुब छोराहरु जन्मिए
याकुबले एक रात स्वर्गदुत संग कुस्ती लडेर आशिर्बाद मागे | ''स्वर्गदुतले''
अब देखी तिम्रो नाम याकुब होइन तर इस्राइल हुनेछ भनी आशिर्बाद दिएर
यहिँ इस्राइल ब्यक्तिबाचक नाम कालान्तरमा समूह बाचक संज्ञा हुन् पुग्यो
एकदिन कनान देशमा अनिकाल पर्यो इस्राइलले वृद्धाअबस्थामा जिबन निर्बाहको
निम्ति सम्पूर्ण ७० जना परिवार लिएर मिश्र देशमा बसाई गए इस्राइल र उनका
१२ जना छोराहरुको मृत्यु मिश्र देशमा नै भए त्यो १२ जना दाजुभाईहरुको सन्तान
मिश्र देशमा वृद्धि हुदै गए यी १२ भाईहरुको सन्तानलाई मिश्रीहरुले सामुहिक रुपमा
इस्राइली भन्न थाले मिश्र देशका नया राजा फिरोहले इस्राइलीहरुको बढ्दो जनसंख्या
देखेर भबिश्यमा मिश्रितहरूमाथि युद्ध गर्लान भन्ने सोच बढ्न थाल्यो राजा फिरोहले
इस्राइली हरुलाई सधै शक्तिहीन थोरै संख्या र दायित्वमा राख्न चाह्यो राजा फिरोहले
बिहनिदेखी साँझसम्म इस्राइलीहरुलाई कठोर काम गर्न लगाएर उनीहरुको जिबनलाई
खल्लो र तित्तो तुल्याइदियो मिश्र देशको दायित्वमा इस्राइलीहरुले कठोर परीश्रम गर्दै
राजा फिरोहको निम्ति पिताम र रामसेस भन्ने शहरहरू निर्माण गरी दिए | सायद
बिश्वका सात आश्चर्य लाग्दो सम्पदाहरु मध्ये पिरामिढ कतै दायित्वमा इस्राइलीहरुले
मिश्री राजा फिरोहको निम्ति निर्माण पनि गरीदिए | इस्राइलीहरू मिश्रिको दायित्वबाट
छुटकारा पाउन भित्रभित्रै संगठित हुदै गए इस्राइलीहरू याकुब देखि मोशासम्म ४३०
बर्ष मिश्र देशमा बसोबास गरेपछि मोशाको नेतृत्वमा संगठित भएर बुलन्द
आवाज राजा फिरोहको दरबारसम्म पुग्न थाले |मिश्र देशमा १० ओटा आश्चर्य दैबी
घटनाहरु रोग,
मृत्युको कारकहर इस्राइलीहरू हुन् भन्ने सम्झेर मिश्रको दायित्वबाट ६ लाख भन्दा
बढी साना नानीहरु र महिलाहरुको संख्या थिएन बढी इस्राइलीहरू अमलेख भएर
लालसागर ,सिनाई,मरुभूमि,रोग,भोक,अनिकाल,प्यास,शत्रुहरुको आक्रमणको सामना
गर्दै ४० बर्षको यात्रा पछि अगुवा यहोशुको नेतृत्वमा कनान भूमि पुर्खाको भुमीमा पाईला
टेक्न पुगे |४३० बर्षपछि एक जना इस्राइल याकुबको सन्तानहरु मिश्र देशमा
६ लाख भन्दा बढी वृद्धि भयो भने अनुमान गर्यो इश्माइल र एसाबका
सन्तानहरु त्यतिकै संख्यामा वृद्धि भएको थिए ?इस्राइलीहरूलाई त्यति
सहज परिस्थिति थिएन कनान भुमीमा बसोबास गर्नुलाई कनान भुमीमा
हित्ति,हिब्बी,परिज्बी,गिर्गाशी,एमोरी,यबुशी,र कनानी जातिहरुले स-साना
राज्यहरुमा शासन गरेर बसेका थिए इस्राइलीहरुले विभिन्न युद्धको रणनीति
द्वारा यी जातिहरुमाथि बिजय बानी बसोबास गर्न पुगे कहिलेकहिँ यी सात जातिहरु
शक्तिशाली हुन्थे र इस्राइलीहरुलाई युद्धकोधम्की दिएर अमनचैनको अशान्त बाताबरण
सृजना गरी इशा पुर्ब १०२५ मा इस्राइल देशमा प्रथम राजा शाबनले इस्राइलको राज्य
बिस्तारको आरम्भ गरे भने उनको मृत्युपछि छोरी-ज्वाई दाउद,डेबिड इस्राइलको
द्धितिय राजा भए राजा देबिडको कल इशा पुर्ब १००० लाई मानिन्छ उनले पहिले
हेब्रोंन शहरबाट इस्राइलीहरुमाथि शासन गरेका थिए राजा डेबिडको नेतृत्वमा इस्राइली
सैन्यहरुले एक गर्दै स-साना राज्यहरुलाई इस्राइलराज्यमा बिलय गर्न सफल भए
यरुशलेममा यबुशी जातिहरुले राज्य गरेका थिए यबुशीहरुको राज्य यरुशलेमलाई
राजा डेबिड र उनका सैन्यहरुले आक्रमण गरी सजिलै कब्जा गर्न सफल भए राजा
डेविडले यरुशलेममा नयां शहर र राजदरबार निर्माण गरे जस्लाई दाउदको शहर
भनियो राजा डेविडले हेब्रोंनबाट यरुशलेम शहरलाई इस्राइल राजधानी तूल्याए
राजा डेबिडको मृत्युपछि उनकै छोरा सुलेमनको इस्राईलको तृतीय राजा हुन् पुगे
राजा सुलेमन शासनकालमा देशभरी अमनचैन कायम भयो राजा सुलेमन विद्वान
र साहित्यप्रेमी राजा थिए उनले आफ्नो पिताको मनोरथ पुरा गर्नुको निम्ति यहोवा
परमेश्वरको निम्ति बिशाल ,भब्य र कलात्मक मन्दिरको निर्माण गरीदिए यो मन्दिर
निर्माण कार्यमा ७० हजार भरी बोक्न ८० हजार ढुंगा काट्ने र ३६ हजार कामको रेखदेख
गर्ने जनशक्ति वा श्रम प्रयोग गरिएको थियो लेबनान देशका राजा हिरमले प्रख्यात
कालिगढ इन्जिनियरहरू र देबदारका रुखहरु उपलब्ध गराएका थिए इशा पुर्ब ९५०
मा निर्माण गरिएको सो मन्दिर नै इस्राइलीहरुको आस्था अस्मिता र स्पन्दन बन्न
पुग्यो राजा सुलेमानको मृत्युपछि नागरिक बिबादले इस्राइल दुई राष्ट्रमा बिभाजन
हुन् पुग्यो उत्तरी भूभागमा बस्ने १० जातिहरुले आफुलाई इस्राइल भने र समारिया
लाई राजधानी बनाए दक्षिण भूभागमा बस्ने २ जातिहरु यहुदा भन्न थाले यहिँ
यहुदाबाट आधुनिक शब्द ''यहुदी'' प्रचलित हुन् पुग्यो
इस्राइल र यहुदा दुई राज्यहरु एक आफसमा झगडा गरिरहे अस्सेरियन साम्राज्य
वर्तमान इरान देश अश्शुरका राजा शलमनेसेर र उनका शैन्यहरुले उत्तरी इस्राइल
राज्यमाथि आक्रमण गरी बिजय भए
इशा पूर्व ७२१ मा इस्राइल राज्य अस्सेरियन रामराज्यको उपनिवेश बन्न पुग्यो
इस्राइलका राजा होसेले बार्षिक कर अश्शुरका राजालाई बुझाउनु पर्यो राजा होसेले
मिश्र देशको राजासंग सहयोग माग्न आफ्नो राजदुत पठाए | भने अश्शुरका राजालाई
कर तिर्न अस्विकार गरे अस्सेरियन राजाका सैन्यहरुले आक्रमण गरी इस्राइलको
राजधानी सामारिया कब्जा गर्न सफल भयो !!अस्सेरीयन राजा र उनका सैन्यहरुले
इस्राइलीहरूलाई पक्रेर युद्ध बन्दीको
रुपमा अश्शुरमा लगेर गोजाँन नदी किनारमा अबस्थित हाबी र मादी
जातिहरुको शहरमा बसोबास गराए वर्तमान इरानमा भएको यहुदीहरुको
पुर्खाहरु सायद यिनै हुन् अस्सेरियन राजा सनहेरीबले दक्षिण यहुदा
राज्यमाथि आक्रमण असफल प्रयास गरेका थिए एक दिन राजा सन्हेरिब
निसोक मन्दिरमा पूजा गरी रहेको अबस्थामा उनका छोराहरुले तरबारले
काटेर पिताको हत्यागरी दीए दक्षिण यहुदा राज्यका राजा भाई भारदारहरू
र नागरिकहरुको बिचको बिसम अनेकताको फाइदा उठाउदै बेबिलोन वर्तमान
इराक देशको राजा नबुकदनेससर र उनका सैन्यहरुले यहुदा राज्यमाथि आक्रमण
गरे यरुशलेम शहरको पर्खाल भत्काई दीए राजा सलोमनले निर्माण गरेको
मन्दिरमा आगो लगाए राजा सिदकियालाई पक्रे उनका छोराहरुलाई उनकै आखा
अगाडी हत्या गरी दीए राजाको दुई आखाहरु झिकेर सान्लाले बाधेर सैन्यहरू अगुवाहरु
र विद्वान नागरिकहरु लाई युद्ध बन्दीको रुपमा बेबिलोन बाबेल लागे तर नमुखा र
गरिबहरुलाई खेतिबारीमा काम गर्न छाडी छोडी दिए शायद यिनै युद्ध बन्दीका सन्तानहरु
नै वर्तमान इराक देशमा अल्प संख्यामा रहेको यहुदीहरू हुन् यसरी इशा पुर्ब ५८६ मा राजा
सुलेमानले निर्माण गरेको मन्दिर आगो द्वारा नस्ट हुन् पग्यो |
मादी र फारसी इराक र इरान साम्राज्यमा कोरेस साइरस शक्तिमा आए ७० बर्षको
बेबिलोनको बन्दी जिबन विताएपछि राजा कोरेसले यहुदीहरुलाई यारुशेलम फर्कन
र मन्दिर पुन निर्माण गर्न अनुमति दिए अगुवा र पुजारीको नेतृत्वमा यहुदीहरुले
यारुशेलम शहरको पर्खाल र मन्दिर पुन निर्माण गरे तर राजा सुलेमनले निर्माण
गर्न लगाएको मन्दिर जस्तो यो मन्दिर भब्य र कलात्मक देखिएन
सन १३२ मा बर कोच्बा नेतृत्वमा रोमन उपनिबेशको र=विरुद्ध यहुदीहरुले
असफल उन्मुक्तिको बिद्रोह गरे सन १३८ मा रोमन साम्राज्यले यहुदी राज्यको
पूर्ण समाप्ति गरी दियो रोमन उपनिवेश कालमा यहुदीहरू युरोप महादेशहरुमा
पलायन हुन् पुगे निर्धन र सोझा साझा यहुदी हरू भने यहुदी भुमीमा नै रहन
पुगे रोमन शासकले यहुदी र इस्राइल राज्यको नामले कहिलै पुन बिद्रोहगर्न
नसकून भन्ने उद्श्यले यस इस्राइलको भूमिलाई प्यालेस्टाइन भूमि भनी घोषणागरी
दियो हाल गाजा क्षेत्र मा पर्दछ धेरै संघर्ष र लगनसिलपछि यहुदीहरुले सो प्यालेस्टिन
देश सँग नै फुटेर बिभिन्न देशबाट यूरोपियनहरू आएर बसोबास गरी अहिले ६६
बर्ष मात्रै पुरा भएको छ इस्राइल बाट नामाकरण गरी ''इजरायल'' विश्वका एक
मात्रै यहुदी रास्ट्र भनेर चिनिने ''इजरायल'' बनाउने त्यस बेलाको प्रधानमन्त्री बेन्गुरियन
ले इजरायल भनेर नामाकरण गरिएको हुन् भने सो युद्ध भूमि गाजा क्षेत्र प्यालेस्टाइमा
पर्दछ ~~!!!
0 comments
Write Down Your Responses