मलेसियन एयरलाई अर्को विपत्ति

‘मिसाईल हानेर खसाइयो जहाज’ -
लन्डन,साउन१(एजेन्सी)–मलेसियन एमएच–१७ बोइङ बिहिबार युक्रेनको दोनेस्क सहरनजिक खसालिएको छ । विमानमा रहेका दुई सय ८० यात्रु र चालक दलका १५ सदस्यको मृत्यु भएको छ । विमानको अबशेष नौ माइलसम्म छरिएको छ । यात्रुका शव क्षतविक्षत अबस्थामा छरिएको र सामान पनि छरिएकै अबस्थामा भेटिएका छन् । आकासमै विमान विस्पोट हुँदा अबशेष धेरै क्षेत्रफलसम्म फैलिएको अन्तर्राष्ट्रिय एजेन्सीहरुले उल्लेख गरेका छन् । नेदरल्यान्ड्सको आम्स्र्टडमबाट क्वालालम्पुरतर्फ उडान भरेको एमएच–१७ बोइङ मिसाइल हानेर खसालिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । विमान खसालिएको क्षेत्रमा रुसी समर्थक र युक्रेन सेनाबीच संघर्ष चलिरहेको छ । सो विमानले आक्स्र्टडमबाट नेपाली समयअनुसार अपराह्न ४ः१५ बजे क्वालालम्पुरका लागि उडान भरेको थियो । अन्तिमपटक ४ बजे विमानको सम्पर्क भएको मलेसियन एयरलाइन्सका अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार त्यतिबेला विमान ३३हजार फिटमाथि आकासमा उडिरहेको थियो । युक्रेनका गृहमन्त्रीले ‘बक’नामक मिसाइल हानेर सो विमान खसाइएको बताएका छन् । स्थानीय पत्रकारहरुले पनि आकासमा ‘बक’ जस्तै मिसाइले देखेको बताएका छन् । व्रिटिस मिडियाले रुसको सिमानाभन्दा २० माइल टाढा विमान खसालिएको र एयर मिसाइल प्रहार गरिएको दाबी गरेका छन् । टुक्रिनुअघि सोभियत संघमा बक एयर मिसाइल बनाइन्थ्यो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ 

0 comments

Write Down Your Responses

Powered by Blogger.