नाइजेरियामा अलपत्र चार नेपाली स्वदेश फर्कदै

एक महिनाको ब्यापारिक भिसामा, कुनै करारपत्र र कम्पनीको नाम ठेगाना बिना नाइजेरिया पुगाइएका उनीहरुसंग भिसाको म्याद समेत सकिसकेको थियो । काठमाडौँस्थित प्रवासी नेपाली समन्वय समितिको समन्वयमा अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइएमओ)ले स्वदेश फिर्तिका लागि उनीहरुका लागि हवाई टिकेटको व्यवस्था गरेको हो ।अलपत्र परेका बेला उनीहरूलार्इ खान बस्नका लागि खर्च उनीहरुका परिवारबाहेक एनआरएनएनाइजेरियाली एक लाख रुपैयाँ र प्रबासी नेपाली समन्वय समितिले ३३ हजार रुपैयाँ सहयोग गरेको थियो ।
गैरआबासिय नेपाली संघ, अफ्रिकाका क्षेत्रिय संयोजक हिक्मत थापा, संघका नाइजेरिया अध्यक्ष चिरन्जिवी रोका र महासचिब दिपक कर्णले उनीहरुलाई आइतवार लेगोस अन्तर्राष्ट्रिय बिमान स्थलमा बिदार्इ गरेका थिए । उनीहरु इत्तिहाद एअरबाट मंगलबार बेलुकी चार बजे काठमाडौँ पुग्नेछन् ।
0 comments
Write Down Your Responses