तराजुमा चुम्बक राख्ने व्यापारीलाई दुई हजार जरिवाना

केही दिनअघि बजार अनुगमनका क्रममा निरौलाको पसलमा प्रयोग भएको ढक तराजुमा चुम्बक राखेर ठगी गरेको पाइएपछि अनुगमन टोलीले ढक तराजु जफत गरेको थियो । जिल्ला प्रशासन कार्यालयले सो ढक तराजु जफत गरी ठगी गर्ने निरौलालाई रु दुई हजार जरिवाना गर्ने निर्णय आज गरेको सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिए ।
पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सदरमुकाममा अनुगमनलाई तीव्र बनाएको छ । अनुगमनका क्रममा हिजो पनि सदरमुकामका विभिन्न पसलबाट म्याद गुजि्रएका करिब एक क्विन्टल सामान जफत गरी नष्ट गरिएको थियो । रासस
0 comments
Write Down Your Responses